अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी (सरल रूप)

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिलाई बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुकव पहुँचच पुर्याउने हेतुले संयुक्त राष्ट्रसंघ इनेबल (UN Enable) द्वारा निर्माण गरिएको सचित्र सरल ठूला छापा (Easy to Read) लाई नेपाली भाषामा अनुबाद गरिएको छ । यस पुस्तकबाट बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलै अपाङ्गता भएका ब्यक्तिहरुको अन्ताराष्ट्रिय महासन्धिलाई सजिलोसंग बुझ्ने छन भन्ने अपेक्षा गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९

सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक
सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता
सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासिय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम
बैङ्किङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त र्याम्प, ढोका, झ्याल, गाइडिङ्ग व्लक र ब्रेल समेतको व्यवस्था
गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहँुच योग्य बनाउन, टेलिभिजन, रेडियो जस्ता
सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहँुच अभिवृद्धि गर्न, अपाङ्गता भएका व्यक्तिलाई
हुने अवरोध हटाई पहुँच वृद्धि गर्न निर्माण गरिने सेवा र सुविधामा एकरुपता कायम गर्न आवश्यक मापदण्ड तोकी
अपाङ्गता भएका व्यक्तिलाई संवत्२०६६ साल पौष १२ गते नेपालले अनुमोदन गरेकोअपाङ्गता भएका व्यक्तिको अधिकार
सम्बन्धी महासन्धि, नेपालको अन्तरिम संविधान, २०६३, अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ को
दफा ६.४.१, ६.४.२ र अन्य प्रचलित कानूनद्वारा प्रदत्त नागरिक, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र
सुविधा उपयोग गर्न सक्षम बनाई निजहरुलाई विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन वाञ्छनीय
भएकोले नेपाल सरकारले देहायको अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा
निर्देशिका, २०६९ बनाएको छ ।
हुने अवरोध हटाई पहुँच वृद्धि गर्न निर्माण गरिने सेवा र सुविधामा एकरुपता कायम गर्न आवश्यक मापदण्ड तोकी
अपाङ्गता भएका व्यक्तिलाई संवत्२०६६ साल पौष १२ गते नेपालले अनुमोदन गरेकोअपाङ्गता भएका व्यक्तिको अधिकार
सम्बन्धी महासन्धि, नेपालको अन्तरिम संविधान, २०६३, अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ को
दफा ६.४.१, ६.४.२ र अन्य प्रचलित कानूनद्वारा प्रदत्त नागरिक, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र
सुविधा उपयोग गर्न सक्षम बनाई निजहरुलाई विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन वाञ्छनीय
भएकोले नेपाल सरकारले देहायको अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा
निर्देशिका, २०६९ बनाएको छ ।

अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले आफ्नो कर्तव्यपालनाका क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवारी, संवेदनशीलता र उत्तरदायित्व वहन गर्न वान्छनीय भएकोले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसमेतको सल्लाह र सम्मतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गरिएको उक्त निर्देशिकामा अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषण गर्दा कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने सम्बन्धी जानकारी रहेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ६० ले ददएको अधिकार
प्रयोग गरी नेपाल सरकारले धियमहरू बनाएको छ । उक्त नियमावलिले अपाङ्गता अधिकार ऐनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सहज हुने अपेक्षा लिइएकव छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

अपाङ्गता भएका ब्यक्ति विरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरुको नागरिक, सामाजिक, राजनितिकआर्थिक तथा सांस्ङ्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका ब्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनको धारा २९६ को उपधारा (१) बमोजिम नेपाल सरकारले यो ऐन बनाएको छ ।
जीवनयापनको वातावरण सुनिश्चित गर्ने सम्बन्धमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गरि नेपालको संविधानको धारा

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६

मानव अधिकारको क्षेत्रमा अपाङ्गता एउटा नवीन अवधारणाको रुपमा रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई
अन्य व्यक्तिहरु सरह समान आधारमा आफ्ना हक अधिकारको उपभोग गर्न सक्षम तुल्याउने उद्देश्यले यो
महासन्धि आएको हो । यस महासन्धिले अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई समेत स्वीकार्दै उनीहरुलाई
आफ्नो अधिकारको उपभोग गर्न थप सहयोगको आवश्यकता पर्ने कुरा स्वीकार गर्दछ । यसले अपाङ्गता भएका
सबै व्यक्तिहरुको मानव अधिकार प ्रवद्र्धन र संरक्षणको आवश्यकतालाई मान्यता दिन्छ । साथै यस महासन्धिले
अपाङ्गता भएको व्यक्तिहरुले आफ्नो लागि आफैले छनौट गर्न पाउने स्वतन्त्रता लगायत उनीहरुको व्यक्तिगत
स्वायत्तता र स्वतन्त्रताको महत्वलाई मान्यता दिन्छ । यस महासन्धिमा ५० धाराहरु रहेका छन् । यस
महासन्धिलाई नेपालले बि. सं. २०६६ मंङ्सिर ६ गते पारित गरिसकेको हुनाले यसले नेपालको कानूनसरह
मान्यता प्राप्त गरिसकेको छ ।

Gender & Social Inclusion Policy 2075 (PFPID)

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका सदस्य संस्था, कर्मचारी, सम्बद्ध ब्यक्तिहरु र साझेदार संस्थाहरुकव दृष्टिकोण र ब्यबहारलाई लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण बनाउन निर्देहित गर्ने तथा महासंको पहलमा वा साझेदारीमा संचालित सम्पूर्० कारयक्रमहर महासंघको मूल्य र मान्यता अनुरुप समसदायमा लैङ्गिक तथा समाबेशिकरणको धारणालाई अमलम्बन गर्न सहज बनाउने उदेश्यले यो निति पारित गरिएकव ५ ।

विधान, निति तथा नियमावली सँग्रह

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालमा भएका सम्पूर्ण निति नियमहरुकव बारेमा सबैले जानकारी पाउन र सुशासनको दृष्टिकोणबाट पनि यसले सदस्य संस्था र अन्य सरोकारवालामाझ सकारात्मक शन्देस पुगोस भन्ने उदेश्यले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको निति नियमको संगालो यस पुस्तकभित्र समाबेस गरिएको छ ।