लक्ष्यः

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्त बनाउदै उनीहरुलाई आफ्नो पहिचान, सहभागिता, सुरक्षा, स्वतन्त्रता, मानव मानव अधिकारको पूर्ण उपभोग गर्दै र गुणस्तरिय जीवन यापन गर्ने ।

उद्देश्यहरूः

१. बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुलाई समाजमा ससम्मानित एव अधिकार सम्पन्न ब्यक्तित्वको रुपमा रहन पाउने गरी यिनिहरुको हक अधिकारको संरक्षणमा सकृय रहने  ।

२. बौद्धिक अपाङ्गताका अभिभावकहरु बिच पारस्परिक सम्पर्क र  समन्वय स्थापन गरी बौद्धिक अपाङ्गहरुको हक अधिकारका लागि आवश्यक पहल गर्ने ।

३. बौद्धिक अपाङ्गहरुले भोग्दै आएका समस्याहरुलाई सहजीकरण गर्दै समाजमा स्थापित गराउनका लागि बिभिन्न जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने गराउने ।

४. बौद्धिक अपाङ्गका हक अधिकारको संरक्षण सम्बर्धनका लागि नेपाल सरकारलाई आवश्यक राय सुझाव उपलब्ध गराउदै बौद्धिक अपाङ्गका हक अधिकारको प्राप्ती, संरक्षण, स्वास्थ्य, सुरक्षाका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने गराउने ।

५. बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको सरल जीवनयापन, हक अधिकारको संरक्षण, सम्बर्धन, न्युनतम जिबन यापनका लागि स्वास्थ्योपचार समेतका लागि नेपाल सरकार, ब्यक्ति, संघ संस्था वा अन्य दात्रिसंस्थाहरुबाट आवश्यक सहयोग जुटाउने ।

६. राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत समान उदेश्य भएका संघ संस्था र सञ्जालहरुसँग सहकार्य र भाइचारा सम्बन्ध विस्तर गर्ने ।

७. सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई आवागमन, स्वास्थ्य सेवा, संचार, शिक्षा, रोजगारी, खेलकुद, मनोरञ्जन ब्यक्तिगत सहयोगी र सहायक सामाग्री एवं सहज पहुँचका लागि सहकार्य, समन्वय, जनचेतना सम्बन्धी काम र वकालत गर्ने ।

८. अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा अध्ययन अनुसन्धान र अपाङ्गता न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यहरु गर्ने ।

९. बौद्धिक अपाङ्गता क्षेत्रमा कार्यरत संघ संस्थाहरुलाई अभिभावकत्व प्रदान गर्दै आवद्ध संस्थाहरुको अनुगमन, मुल्याङ्कन र सशक्तिकरण गर्दै गराउदै छाता संस्थाको रूपमा कार्य गर्ने ।

१०. अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी संयूक्त राष्ट्रसंघीय महासन्धिको सिद्धान्तलाई घरेलुकरण गर्ने सरोकारवालाहरुसँग समन्वय गरि जनवकालत र अन्य कार्यहरु गर्ने ।