महासङ्घको स्थापना हुनु भन्दा ७ वर्ष अगाडिदेखि निरन्तर रुपमा साझेदार रहेको अन्तर्राष्ट्रिय दातृ संस्था एनएफयू नर्वेको सहयोगमा बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरूको अधिकारमा आधारित भएर संस्थागत विकास र विषयगत विकासको  क्षेत्रमा सन् २०१५ मा काम गर्न साझेदारी सम्झौता भएअनुरूपको परियोजना माथि उल्लेखित पूर्वाञ्चल तथा मध्य र सुदूरपश्चिमाञ्चलको १३ वटा जिल्लाहरूमा सञ्चालन भईरहेका छन् । साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर तथा काठमाडौं जिल्लाहरूमा भूकम्पप्रभावित बौद्धिक अपाङ्गताका परिवारहरूका लागि महासङ्घको योजना २०१५ नामक कार्यक्रम पनि एनएफयू नर्वेको सहयोगमा सञ्चालित छ ।

सन् २०१४ को सुरुवातमा साझेदारी शुरु भएको माईराईट परियोजनाले विशेषत बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरूको अनुकुल शिक्षामा जोड दिएको छ । नमुना कार्यक्रमको रुपमा  नुवाकोट केन्द्रित रहेको  उक्त कार्यक्रम निरन्तर रुपमा चलिरहेको छ भने सन् २०१७ सम्म का लागि सञ्चालित छ । भने विशेषत शिक्षासँग सम्बन्धित नीति निर्माण तहमा पैरवी बैठक, कार्यशाला लगायतका कार्यक्रमहरू केन्द्रबाट  सञ्चालन हुने गरेका छन् । 

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग दोहोरो संवाद, स्वकालत कर्ताहरुको क्षमता विकास तथा महिला तथा बालबालिकाविरुद्ध हुने सबै किसिमका हिंसाको विषयमा सचेतना अभिवृद्धि गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट कार्यक्रम स्वीकृत भइसकेको छ ।