Group photo With banner.

१५ औँ वार्षिक साधारण सभा सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल (PFPID-Nepal) को १५ औँ वार्षिक साधारण सभा मंसिर ५ गते सफलतापूर्वक सम्पन्न भएको छ। महासंघका सदस्य संस्था, अभिभावक, विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि लगायत सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

साधारण सभामा देशभरका ३१ जिल्लाका सदस्य संस्थाहरूको सहभागिता रहेको थियो। तीमध्ये २७ जिल्लाबाट प्रतिनिधिहरू तथा ४ जिल्लाबाट पर्यवेक्षकहरू सहभागी भएका थिए। सदस्य संस्थाहरूको उत्साहजनक सहभागिता र रचनात्मक सुझावहरूले कार्यक्रमलाई थप उपलब्धिमूलक र प्रभावकारी बनाएको थियो।

कार्यक्रमका क्रममा महासंघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजना र प्राथमिकताहरू प्रस्तुत गरिएको थियो। साथै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समावेशी शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा समुदायमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो।

साधारण सभाले महासंघले विगत वर्षमा गरेको कार्यको समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको छ। साथै सदस्य संस्थाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्न साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

धन्यवाद ज्ञापन

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १५ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न आफ्नो अमूल्य समय प्रदान गरी कार्यक्रममा उपस्थित हुनुहुने प्रमुख अतिथि ( प्रतिनिधि सभा सदस्य माननीय Sarita Mahato ज्यू) , विशिष्ट अतिथि, विशेष अतिथि, विभिन्न OPD का प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, ३१ जिल्लाका सदस्य संस्थाका प्रतिनिधिहरू तथा पर्यवेक्षकहरू, अभिभावकहरू, शुभेच्छुकहरू र सम्पूर्ण सहभागी महानुभावहरूप्रति महासंघ हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यहाँहरूको सक्रिय सहभागिता, सुझाव र निरन्तर सहयोगले कार्यक्रमलाई सफल, सार्थक र गरिमामय बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, अवसरको समानता र समावेशी समाज निर्माणको अभियानमा आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र ऐक्यबद्धता प्राप्त हुने विश्वास महासंघले लिएको छ।

समान पोस्टहरू