तालिमको ब्यानर भित्तामा टाँसेको अवस्थामा

चितवन जिल्लामा UNCRPD तथा नीति नियम सम्बन्धी ३ दिने तालिम सम्पन्न

चितवन ! लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित तिन दिने UNCRPD तथा नीति नियम सम्बन्धी तालिम चितवन जिल्लामा सम्पन्न भएको छ । उक्त तालिममा चितवन र लमजुङ जिल्लाका सदस्य संस्थाहरुको कार्यसमितिमा रहेका २० जना पदाधिकारीहरूले सहभागीता जनाएका थिए । साथै उनीहरुले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति नियमहरु बारे पनि सिक्ने मौका पाएका थिए । उक्त तालिमको सहजीकरण अधिवक्ता श्री सुदर्शन सुवेदी ज्यूले गर्नु भएको थियो ।

तालिमका थप केही दृश्यहरू :

समान पोस्टहरू