लेखा व्यवस्थापन तालिम सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेभ इनक्लुजन डेनमार्कको सहयोगमा मिति २०७९/०५/१७ र १८ गते बौद्धिक अपाङ्गताका अभिभावक संघ कास्की र बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीका सहभागीलाई पोखरामा र २०७९ भाद्र २० र २१ गते बौद्धिक अपाङ्गताका अभिभावक संघ, चितवन र अन्नपुर्ण बौद्धिक मन्दता अभिभावक संघ, लम्जुंगका सहभागीलाइ चितवनको सौराहामा २-२ दिने लेखा व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

महासंघका महासचिव रामनारायण श्रेष्ठले सबै सहभागीहरुलाई स्वागत गर्दै अनौपचारिक रुपमा शुरु भएको कार्यक्रममा पोखरामा १३ महिला सहित कुल २३  जनाको  सहभागीता  भएको थियो भने चितवनमा १७ सदस्यहरु (१२ पुरुष र ५ महिला) को सहभागिता रहेको थियो   । मनोरञ्जन, समुह कार्य, प्रस्तुतीकरण लगायतका बिधिबाट सहभागीता मुलक ढंगले संचालन भएको उक्त तालिमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कोषाधक्ष्य श्री गोकर्ण प्रसाद आचार्य र महासचिब श्री राम नारायण श्रेष्ठले गर्नु भएको थियो ।

उक्त तालिमले सदस्य संस्थाहरुको बार्षिक रुपमा गरिने भौतिक तथा आर्थिक क्रियाकलपहरुको लेखा-जोखा चुस्त-दुरुस्त राख्ने तथा पारदर्शीतामा टेवा पुगोस् भन्ने उदेश्यले आयोजना गरिएको तालिममा लेखा व्यस्थापनका प्रकार, ग्रोश्वरा भौचर, ग्रोश्वरा भौचर समूह कार्य तथा सिकाई खेल लगायतका क्रियाकलापहरु सरल तरिका बाट सिकाउने तथा सहजीकरणको रुपमा श्री गोकर्ण प्रसाद आचार्य र श्री राम कुमार श्रेष्ठ ज्युहरुले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा  लेखा व्यवस्थापनका लागि आवश्यक पर्ने आधारभूत जानकारीहरु बारे गहिरो छलफल गर्नुका साथै  सहभागीहरूलाई समूहमा विभाजन गरी कारोबारहरुलाई भौचरमा उठाउन र उक्त भौचरलाई लेजरमा उतारेर सामान्य लेखा राख्न सिकाइएको थियो ।

लेखा व्यवस्थापन तालिमको अन्तिम दिन सहभागीहरुले लेजर बुक भर्ने तरिका तथा सन्तुलन परिक्षण तयार गर्ने कार्य गरी आगामी दिनहरुमा आफैले आफ्नो संस्थाको लेखालाई पारदर्शीता बनाई सिकेको कुरा लागु गर्ने वाचा सहित तालिम सम्पन्न भएको थियो ।

कार्यक्रमका केहि तस्बीरहरूः

समान पोस्टहरू