कार्यक्रमको ब्यानर भित्तामा टाँसेको जसमा UNCRPD तथा नीति सम्बन्धी तालिम लेखिएको छ

पोखरामा UNCRPD तथा नीति नियम सम्बन्धी ३ दिने तालिम सम्पन्न ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित कोपिला परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धि विषयमा मार्च १२ देखि मार्च १५ २०२३ गते सम्म ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी र कास्की जिल्लाका गरी कुल २७ जनाको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको सहजीकरण अधिवक्ता सुदर्शन सुवेदीले गर्नु भएको थियो । खेल, मनोरञ्जन, मस्तिष्क मन्थन, प्रवचन लगायतका विधि प्रयोग गरि सञ्चालित तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

तालिमका केही झलकहरू :

समान पोस्टहरू