तालिमको ब्यानर

प्राविधिक साक्षरता तालिम सम्पन्न ।

CBM Global को सहयोगमा कार्यान्वयनमा रहेको “सवल संस्था” परियोजना अन्तर्गत कर्मचारी तथा कार्यसमितीका पदाधिकारीहरूका लागि वेभसाईट, सामाजिक सञ्जाल, माईक्रोसफ्ट अफिस प्याकेज तथा अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा पहुँच अभिवृद्धिका लागी ध्यान दिनुपर्ने कुराहरू लगायतका विषयमा २०७९ माघ १३ गते क्षमता विकास तालिम काठमाण्डौंमा सम्पन्न भएको छ ।

संस्थाका कर्मचारी एवं पदाधिकारीहरू सहभागी रहेको उक्त तालिमको सहजीकरण डाइभर्स प्याटर्न्सका अध्यक्ष तथा प्रशिक्षक सागर प्रसाँईले गर्नु भएको थियो । प्राविधिक विषयवस्तुहरू समावेश भएकाले सहजकर्ताले विषयवस्तुको प्रस्तुतिमा अभ्यासलाई जोड दिएका थिए ।

तालिममा प्रस्तुत भएका विषयस्तु र प्राविधिक सीप हासिल गर्न उपस्थित सम्पूर्णको सक्रिय सहभागिता रहेको थियो । तालिमको अन्त्यमा सामाजिक सञ्जाल तथा संस्थाको वेभसाइटलाई थप व्यवस्थित बनाउनका लागि कार्ययोजना समेत निर्माण गरिएको थियो ।

कार्यक्रमका केही तस्बिरहरू:

समान पोस्टहरू