पोखरामा जनवकालत सम्बन्धी तालिम सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले आफ्नो स्थापना कालदेखि बौद्धिक अपाङ्गता भएका व्यक्तिको हक अधिकार तथा सवालमा वकालत तथा पैरवी गर्नुको साथै  आफ्ना सदस्य संस्था र संजालहरू मार्फत पनि स्थानीय तहमा वकालत तथा पैरवी गर्नका लागि  क्षमता विकास गर्दै आइरहेको छ । सोही अन्तर्गत लेब इन्क्लुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा २०८० साउन २८ र २९ गते पोखरामा जनवकालत सम्वन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा कास्की, म्याग्दी, लमजुङ र चितवनका सदस्य संस्थाबाट १४ पुरुष र १७ महिला गरी कुल ३१ जनाको सहभागिता रहेको थियो । 

स्थानीय तहमा वकालत तथा पैरवीका लागि सदस्य संस्थाको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा खेल, मनोरञ्जन, समूह कार्य, मस्तिष्क मन्थन, भूमिका निर्वाह लगायतका विधिबाट सहभागिता मुलक ढंगबाट सहजकर्ता निर्मल भण्डारीद्वारा जनवकालत परिभाषा, सवाल पहिचान, जनवकालत विधि तथा  वकालत रणनीति जस्ता विषयमा सहजीकरण गरिएको थियो । उक्त तालिमको अन्तिम दिन सहभागीहरूले आफ्नो संस्थाको तर्फबाट सवाल पहिचान गरी सो को बारेमा वकालत गर्नका लागि विधि र रणनीति समेत निर्माण गरेका थिए। आगामी दिनमा स्थानीय तहमा अपाङ्गता तथा बौद्धिक अपाङ्गताको सवालमा वकालत तथा पैरवी गर्ने प्रतिबद्धता तालिमका सहभागीहरूले जनाएका थिए । 

समान पोस्टहरू