group photo of participants

प्रस्तावना लेखन तालिम (कास्की र म्याग्दी)

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेभ इनक्लुजन डेनमार्कको सहयोगमा मिति २०७९/०३/२५  गतेदेखी २७ गते सम्म बौद्धिक अपाङ्गताका अभिभावक संघ कास्की र बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीका सहभागीलाई  लेकसाइड पोखरामा तीन दिने प्रस्तावना लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

महासंघका महासचिव रामनारायण श्रेष्ठले सबै सहभागीहरुलाई स्वागत गर्दै अनौतपचारिक रुपमा शुरु भएको कार्यक्रममा १० महिला सहित कुल २०  जनाको  सहभागीता  भएको थियो  । खेल, मनोरञ्जन, समुह कार्य, मस्तिष्क मन्थन, भूमिका निर्बाह लगायतका बिधिबाट सहभागीता मुलक ढंगले संचालन भएको उक्त तालिमको सहजीकरण निर्मल भण्डारी र राजु बस्नेतले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा  प्रस्ताव लेख्न आवश्यक पर्ने आधारभूत चरणहरूबारे गहिरो छलफल गर्नुका साथै  सहभागीहरूलाई ३ समूहमा विभाजन गरी बौद्धिक अपाङ्गताका समस्याहरू जस्तै स्वास्थ्य, आय आर्जन लगायतका विषयमा पूर्ण प्रस्ताव लेखिएको थियो।

सबै सहभागीहरूको उत्साहजनक सहभागिताका साथ  आ–आफ्नो ठाउँमा फर्किएर प्रस्ताव लेखेर सम्बन्धित सरोकारवाला समक्ष पेश गर्ने प्रतिवद्धता जनाएका छन् । सबै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिसकेपछी, एक जना महिला सहित दुइ जना सहभागीले तालिम अत्यन्तै उपलब्धीमुलक रहेको र स्थानीय तहका प्रस्तावनाहरु तयार गर्न सहयोगी भएको कुरा बताएका थिए ।

अन्तमा PFPID नेपालका अध्यक्ष राजु बस्नेतले यस तालिममा सिकेको कुरा आ आफ्नो कार्यक्षेत्रमा गएर प्रभावकारी कार्यान्वयन हुने महासंघको अपेक्षा गरेको कुरा समापन मन्तव्य  राख्दै कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

कार्यक्रमका केहि तस्विरहरू

समान पोस्टहरू