सहभागीहरू सामुहिक तस्विर खिचाउँदै

क्षमता बिकासमा हातेमालो गर्दै

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले आफ्ना सदस्य संस्था र संजालहरुको क्षमता बिकासका लागि माइराइट तथा लेभ इन्कुजन डेनमार्कको सहयोग तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघको आयोजनामा २०७९ असार २८ गतेदेखी ३० गते सम्म चितवनको सौराहामा प्रस्तावना लेखन तालिम सम्पन्न गरेको छ । दुइ छुट्टा छुट्टै हलमा संचालन गरिएको उक्त कार्यक्रममा बिभिन्न जिल्लाका १० सदस्यसंस्थाबाट कुल ३५ जनाले (१४ महिला, २१ पुरुषर २ बौद्धिक अपाङ्गता) सहभागीता जनाएका भिए ।

स्थानीय तह लगायतका निकायहरुको श्रोतमा सदस्य संस्थाहरुको पहुँच अभिवृद्धी गर्दै क्षमता बिकास गरी कोष बृद्धि गर्न सकुन भन्ने उदेश्यले आयोजना गरिएको उक्त तालिममा खेल, मनोरञ्जन, समुह कार्य, मस्तिष्क मन्थन, भूमिका निर्बाह लगायतका बिधिबाट सहभागीता मुलक ढंगबाट सहजकर्ता निर्मल भण्डारी र राजु बस्नेद्वारा सहजीकरण गरिएको थियो ।

प्रस्तावना लेखन तालिमको अन्तिम दिन सहभागीहरुले १० वटा परियोजना प्रस्तावहरु तयार गरेका थिए । आगामी दिनमा स्थानीय निकायहरुमा पेश गर्ने प्रस्तावनाहरु सदस्य संस्थाहरुले आफै तयार गर्नेछन तथा सदस्य संस्थाको कोष अभिबृद्धि हुने अपेक्षा महासंघको रहेको छ ।

कार्यक्रमाका केहि तस्बीरः

समान पोस्टहरू