कार्यक्रमको ब्यानर सहित बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव रामनारायण श्रेष्ठ सहजिकरण गर्नुहुँदै ।

बौद्धिक अपाङ्गता संघ कास्की र म्याग्दीका कार्यसमितिलाई स्व- वकालत र अधिकार सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको आर्थिक सहयोगमा मिति २०७९ पुष १४ र १५ गते पोखरामा, बौद्धिक अपाङ्गता संघ कास्की र म्याग्दीका कार्यसमितिलाई स्व- वकालत र अधिकार सम्बन्धि पुनर्ताजगी विषयक तालिम सफलता पूर्वक सम्पन्न भयो । तालिममा बौद्धिक अपाङ्गता संघ, कास्की र म्याग्दीका कार्यसमितिको सदस्यका साथै उनीहरुको अभिभावकको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जम्मा ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका महासचिव श्री राम नारायण श्रेष्ठले गर्नु भएको थियो | उक्त कार्यक्रममा दुई दिन सम्म स्व-वकालत, यसको आवश्यकता, अपाङ्गता भएका व्यक्तिका अधिकारहरु र अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय महासन्धिको बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रमलाई खेल र मनोरन्जनात्मक ढंगबाट थप उत्साहित बनाइएको थियो| बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकले उक्त कार्यक्रम बाट धेरै नया कुराहरुको जानकारी प्राप्त गरेको बताउनुभयो ।

बौद्धिक अपाङ्गता भएका व्यक्ति र उनीहरुको अभिभावकको क्षमता अभिबृद्धि गर्न यस्ता कार्यक्रम बेला बेला आयोजना हुन अपरिहार्य रहेको छ ।

समान पोस्टहरू