भुकम्प पश्चात बौद्धिक अपाङ्गता भएका परिवारहरुको अध्ययन कार्यक्रम २०७२

२०७२ साल भाद्र २१ गते धादिङ्ग जिल्ला सदरमुकाममा बौद्धिक अपाङ्गताका अभिभावक महासंघको आयोजना र बौद्धिक अपाङ्गताका अभिभावक संघ धादिङ्गको समन्वयमा भुकम्प पश्चात बौद्धिक अपाङ्गता भएका परिवारहरुको अध्ययन कार्यक्रम २०७२ सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङ्गका उपाध्यक्ष केशवराज रिजालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गर्भे बहादुर मिझारले गर्नुभएको थियो र कार्यक्रमको प्रस्तुतिकरण महासंघका कार्यक्रम व्यवस्थापक श्री किशोर रिजाल ज्युले दिनु भएको थियो । कार्यक्रममा महासंघका प्रतिनिधि सहित २५ जना सहभागीहरु मध्ये ९ जना महिला र १६ जना पुरुष उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख, शिक्षा कार्यालय प्रमुख, जिल्ला महिला तथा बालबालिका कार्यालयका अधिकृत, लेखा जोखा केन्द्रका प्रतिनिधि, जिल्ला बाल कल्याण समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अन्य सहभागीहरुमा अपाङ्गताका क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बौद्धिक अपाङ्गता अभिभावक संघ धादिङ्गका प्रतिनिधिहरु र स्व(वकालतका उपाध्यक्ष शिव श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

समान पोस्टहरू