नेतृत्व विकास सम्बन्धी तालिम लेखिएको ब्यानरका साथमा तालिमका सहभागीहरू

काठमाण्डौं र चितवनमा नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल बौद्धिक अपाङ्गताको हक तितका लागि वकालत तथा पैरवि गर्ने बौद्धिक अपाङ्गता भएका ब्यक्ति तथा तिनका अभिभावकहरुको छाता संस्था हो । यसले आफ्ना सदस्य संस्थाहरुको क्षमता अविबृद्धिमा पनि बिधिन्न कामहरु गर्दै आएको छ । त्यस क्रमलाई निरन्तरता दिँदै यस महासंघले आफ्नो सदस्य संस्थाको क्षमता अविवृद्धि गर्न बौद्धिक अपाङ्गता‌का अभिभावक महासंघ नेपालको आयोजना तथा लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित कोपिला परियोजना अन्तर्गत यहि २०७९ पौष २७ देखि २९ गतेसम्म नेतृत्व विकास तालिम चितवन र काठमाण्डौंमा सम्पन्न गरेको छ । १५ महिला सहित कुल २४ जनाको सहभागीता भएको उक्त तालिममा नेतृत्व बिकासका सिपहरु, नेता तथा नेतृत्वको बारेमा जानकारी, समूह निर्माण, कुशल नेतृत्वकर्ताका गुणहरु जस्ता बिषयमा महासंघका अध्यक्ष तथा विषय विज्ञ राजु बस्नेतले सहजीकरण गर्नु भएको थियो । खेल, समुह कार्य, मस्तिष्क मन्थन, बजार ब्यबस्थापन जस्ता विधिबाट संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुको सकृय सहभागीता रहेको थियो ।

त्यस्तै काठमाण्डौंमा सम्पन्न तालिममा यस महासंघका सप्तरी र काठमाण्डौं जिल्लाका सदस्य संस्थाका सहभागीहरुलाई संलग्न गरिएको थियो भने उक्त तालिममा कुल २४ जनाको उत्साहपूर्ण सहभागिता रहेको थियो । तालिमको सहजीकरण वरिष्ठ अधिवक्ता सुदर्शन सुवेदी ज्युले गर्नुभएको थियो ।

पुष २९ गते तालिमको अन्त्यमा सहभागीहरुले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाललाई धन्यबाद दिंदै तालिममा सिकेको सिप आ-आफ्नो कार्यक्षेत्रमा उपयोग गरेर बौद्धिक अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि जनवकालत गर्ने प्रतिवद्धता जनाएका थिए । सीप, ज्ञान र क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ संचालन गरेको यस तालिमबाट सहभागीहरु लाभान्वित भएको, यहाँ सिकेका कुराहरु आ-आफ्नो जिल्ला गएर उपयोग गर्ने विश्वास गरेको कुरा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठले बताउदै तालिमको समापन गर्नु भएको थियो ।

चितवनको तालिमका केही झलकहरू

काठमाण्डौंको तालिमका केही झलकहरू

समान पोस्टहरू