कार्यक्रमको ब्यानर सहित सहभागीहरू एवं सहजकर्ता सामुहिक तस्बिर खिचाउँदै

पोखरामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई हेरचाह सम्बन्धी दुई दिने तालिम सम्पन्न

पोखरा !! लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई हेरचाह सम्बन्धी तालिम मिति २०७९ माघ २ र ३ गते पोखरामा सम्पन्न भएको छ ।

२४ जनाको अभिभावकहरुको सक्रिय सहभागीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी आफ्ना बच्चाहरुलाई हेरचाह गर्ने भन्ने विषयमा र राज्यको दायित्व के हो ? साथै हाल नेपालमा लागु भएका ऐन , नियमावलीको बारेमा पनि छलफल भएको थियो । तालिमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका महासचिव, श्री राम नारायण श्रेष्ठ ज्यूले गर्नु भएको थियो ।

समान पोस्टहरू