वरीपरि कुर्सीमा बसेर कुरा गर्दै गरेका महिला र पुरूष

स्ववकालत वैठक सम्पन्न

लमजुङ, भौगोलिक दृष्टिकोणले पिछडिएकको पहाडी जिल्ला भएकोले साधारण मानिसहरुको जीवनयापन त यति धेरै चुनौतीपूर्ण छ भने, बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुको जिबनयापन झन कति धेरै कस्टकर होला ? आफै अनुमान लगाउन सकिन्छ l यहि चुनौतीपूर्ण कथाहरुका बाबजुद पनि यस लमजुङ जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको  अभिभावकहरुले बौद्धिक अपाङ्गताका अभिभावक महासंघको सहयोगमा अभिभावक स्व-सहयोग समूह गठन गरी काम गर्दै आइरहेका छन् l यसै क्रममा यहि चैत ११ गतेका दिन यस लमजुङ जिल्लाको धारापानीमा अभिभावकहरुको स्व-सहयोग समुहको  दोस्रो बैठक श्री बेद बहादुर थापाको संयोजकक्त्वमा सबै सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ l 

बैठक बिशेष गरेर बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरुका अभिभावकहरुको अनुभव  र हेरचाहमा भइरहेको समस्याहरुमा निहित थियो र ति समस्याहरुको दीर्घकालीन समाधानलाई स्थानीय तवरबाट कसरी सुल्झाउने भन्ने बिषयमा केन्द्रित भई छलफल भएको छ l यहाँका प्राय: अभिभावकहरु कृषि पेशामा संलग्न भएकाले  दिन भरी काम नगरी कसरी हात-मुखको जोह गर्ने निकै नै कठिनाई छ त्यसैमा बौद्धिक अपाङ्गता भएका बच्चाहरुका अभिभावकहरु झनै पिडादायिक अवस्थाबाट गुज्री रहेका छन् l  दिन भरी  काम गर्ने कि ? ति बच्चाहरुको  रेखदेख गरेर बस्ने ? यहाँ न कुनै बौद्धिक बिद्यालय न दिवा स्याहार केन्द्र नै छ दिन भरी अभिभावकहरुले स्वयम आफैले आफ्नै घरमा बसेर हेर्नु पर्ने अवस्था भएकोले कतिपय बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको शारीरिक विकास संग-संगै उनीहरुलाई सम्हाल्न निकै नै अप्ठ्यारो परिरहदा अभिभावकहरुले उनिहरुलाई खोरमा समेत हुलेर राखेको अवस्था देखिन्छ l तर पनि आजका दिन सम्म  यहाँ न  कुनै सरोकारवाला निकायहरु न कुनै सरकारको  ध्यान आक्रषण भएको छ, अभिभावकहरु स्वयम अग्रसर भई आफ्ना बच्चाहरुका लागि आफै काम गरीरहेका छन् l

यसै सन्दर्भलाई मध्यनजर गरी यो समुहको पहलमा दिवा स्याहार केन्द्रको स्थापनाका लागि सर्ब-प्रथम जग्गाको खोजि गरिरहदा यस जिल्लामा रहेको अन्नपूर्ण बौद्धिक मन्दता अभिभावक संघ- लमजुङका उपाध्यक्ष श्री सुभद्रा अधिकारी ज्युले ६ आना जग्गा दान स्वरूप उपलब्ध गराउने आश्वासन दिनु भएको छ  l यस राम्रो कार्यको सुरुवातले लमजुङ जिल्लाको  भाबी दिनहरुमा पक्कै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह तथा सुरक्षामा टेवा पुग्ने छ  र सरकार अनि बिभिन्न सरोकारवालाहरुको समन्वयमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले एक-जुट भई आगामी दिनहरुमा पैरवी तथा छलफलका कार्यक्रमहरु अगाडी बढाई समुहको बैठक प्रतेक महिनाको दोस्रो शनिबार बस्ने निर्णय गरी बैठक संम्पन्न गरिएको थियो l

समान पोस्टहरू