सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकामा पृष्ठपोषण कार्यशाला सम्पन्न

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकामा पृष्ठपोषण कार्यशाला मिति २०८० जेठ २१ गते काठमाण्डौंमा सम्पन्न गरियो ।उक्त कार्यक्रममा स्व-वकालतकर्ता तथा अभिभावक गरी जम्मा १५ जनाको उपस्थिति रहेको थियो । सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकाको मस्यौदालाई अन्तिम रुप दिनका लागि गरिएको उक्त कार्यक्रमको सहजिकरण महासंघका अध्यक्षद्वारा गरिएको थियो  तथा बौद्धिक अपाङ्गता भएका ब्यक्ति तथा अभिभावकहरुको सुझावलाई समावेश गरि अन्तिम रुप दिइएको थियो । 

समान पोस्टहरू