बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवन र लमजुङ्ग लाई  स्थानीय श्रोतको पहिचान तथा परिचालन सम्बन्धी तालिम सम्पन्न ।

बेशीसहर ! बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने स्थानीय श्रोतको पहिचान तथा परिचालन सम्बन्धी तालिम लमजुङको पाउदीमा सम्पन्न भएको छ।

लेभ इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमलाई संस्थागत विकाशका विज्ञ श्री निर्मल भण्डारीले प्रशिक्षण गर्नु भएको थियो ।

चितवन र लमजुङ जिल्लाका १८ जना अभिभावकहरूको सक्रिय सहभागितामा पहिलो दिनमा श्रोत र श्रोत परिचालनको परिभाषा, श्रोत परिचालनका तरिका विषय समावेश गरिएको  थियो ।

कार्यक्रमको दोस्रो दिनमा संस्थाले गर्न सक्ने कार्यहरूको सूची तयार, श्रोत प्रदानकर्ताहरूको नक्साङ्कन र सूचना सङ्कलन, श्रोत प्रदानकर्ताहरूलाई अभिप्रेरित गर्ने तत्वहरूको विश्लेषण र श्रोत परिचालनका लागि कार्ययोजनाको तयारी विषयमा तालिम प्रदान गरिएको थियो।

खेल, समूहगत छलफल, संस्थागत छलफल, कथा प्रवचन विधि प्रयोग गरी संचालित तालिममा सुभारम्भ प्रश्नावली र अन्तिम प्रश्नावली प्रयोग गरी तालिमको सिकाईलाई समेत मापन गरिएको थियो ।

तालिम कार्यक्रमबाट कैद गरिएका केही तस्बिरहरू:

समान पोस्टहरू