लमजुङ्गमा एक दिने रोजगारी सम्बन्धी अभिभावकहरूका लागि सचेतना कार्यक्रम सम्पन्न ।

लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल द्वारा एक दिने अभिभावकहरूका लागि बौद्धिक अपाङ्गता भएका व्यक्तिको रोजगारी सम्बन्धी सचेतना कार्यक्रम लमजुङ्गमा आयोजना गरिएको थियो जसमा १३ जना पुरुष र ८ जना महिला गरी कुल २१ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा आर्थिक विकासका लागि बौद्धिक अपाङ्गता भएका व्यक्ति र परिवारका आवश्यकता र सीपको आवश्यकताको विश्लेषण गरिएको थियो । त्यस्तै स्थानीय स्तरमा रहेका व्यवसायको विश्लेषण र रोजगारीको सम्भावनाको खोजी गरिएको थियो । सोही कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम, उनीहरूको सुरक्षा र परिवारको भूमिका, रोजगारदाता र स्थानीय सरकारको भूमिका र बौद्धिक अपाङ्गता भएका व्यक्तिको भूमिकाको विश्लेषण गरिएको थियो । गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङ्गको प्रमुख आतिथ्यता र पत्रकार महासंघ लमजुङ्गका सहसचिव श्याम सितलको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण निर्मल भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रमका थप केही तस्बिरहरू:

समान पोस्टहरू