प्रस्तावना लेखन तालिम

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेभ इन्कुजन डेनमार्कको सहयोगमा  मिति २०७९/०३/१८ गतेदेखी २० गते सम्म प्रस्तावना लेखन तालिम नगरकोटको सनराइज भिल्लामा सम्पन्न भएको छ । असार २० गते बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका महासचिव रामनारायण श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै अनौपचारिक रुपमा शुरु गर्नु भएको तालिममा महासंघका अध्यक्ष राजु बस्नेतले तालिमको औचित्य र अपेक्षाको बारेमा प्रष्टपार्नु भएको थियो ।

काठमाण्डौ, ललितपुर, भक्तपुर र सप्तरी जिल्लाका १४ महिला १० पुरुष गरी २४ जनाको सहभागीता रहेको उक्त तालिम स्थानीय तहमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको श्रोतमा पहुँच अभिवृद्धी गर्ने हेतुले आयोजना गरिएको थियो । खेल, मनोरञ्जन, समुह कार्य, मस्तिष्क मन्थन, भूमिका निर्बाह लगायतका बिधिबाट सहभागीता मुलक ढंगले संचालन भएको उक्त तालिमको सहजीकरण निर्मल भण्डारी र राजु बस्नेतले गर्नु भएको थियो ।

प्रस्तावना लेखन तालिमको अन्तिम दिन सहभागीहरुले ६ वटा परियोजना प्रस्तावहरु तयार पार्नु भएको थियो । आगामी दिनमा स्थानीय निकायहरुमा पेश गर्ने प्रस्तावनाहरुसदस्य संस्थाहरुले आफै तयार गर्नेछन भन्ने अपेक्षा महासंघको रहेको छ । 

कार्यक्रमका केहि तस्विरहरूः

समान पोस्टहरू