सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकामा पृष्ठपोषण कार्यशाला सम्पन्न ।

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकामा पृष्ठपोषण कार्यशाला मिति २०८० जेठ ०९ गते काठमाण्डौंमा महिला २२ र पुरुष १८ गरी कुल ४० जनाको सहभागितामा सम्पन्न भयो । उक्त कार्यशालामा समावेशी पहुँचयुक्त सूचनाका लागि आवश्यक मापदण्ड निर्माण गर्नका लागि सरल तथा सचित्र भाषा सम्पादन निर्देशिकाको मस्यौदा माथि छलफल गरिएको थियो । विभिन्न अपाङ्गता प्रतिनिधित्व गर्ने संस्थाका प्रतिनिधिहरू, स्व-वकालतकर्ता एवं अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यशालाको सहजीकरण महासंघका अध्यक्षद्वारा गरिएको थियो ।

कार्यक्रमका केही दृश्यहरू :

समान पोस्टहरू