सप्तरीमा UNCRPD तथा नीति नियम सम्बन्धी ३ दिने तालिम सम्पन्न ।

लेव इन्क्लुजनको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा मिति २०७९/१२/१५ देखि २०७९/१२/१७ सम्म सप्तरीको राजविराजमा UNCRPD तथा नीति नियम सम्बन्धी तालिम सम्पन्न भएको थियो । बौद्धिक अपाङ्गताका अभिभावक संघ,सप्तरीको कार्यसममिती र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरू गरी कुल २५ जनाको सहभागीता रहेको उक्त कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका अध्यक्ष श्री राजु बस्नेतले गर्नु भयको थियो । खेल, मनोरञ्जन, मस्तिष्क मन्थन, प्रवचन लगायतका विधि प्रयोग गरि सञ्चालित तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

तालिमका केही दृश्यहरू:

समान पोस्टहरू