सिमरामा बौद्धिक अपाङ्गता भएका व्यक्तिको रोजगारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल द्वारा एक दिने अभिभावकहरूका लागि बौद्धिक अपाङ्गता भएका व्यक्तिको रोजगारी सम्बन्धी सचेतना कार्यक्रम सिमरामा आयोजना गरिएको थियो जसमा ६ जना पुरुष र १६ जना महिला गरी कुल २२ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिले गर्न सक्ने काम, क्षमता र रुचि, उनीहरूको सुरक्षा र परिवारको भूमिका, रोजगारदाता र स्थानीय सरकारको भूमिका र बौद्धिक अपाङ्गता भएका व्यक्तिको भूमिकाको विश्लेषण गरिएको थियो । साथै समाजमा रहेका व्यवसायको विश्ल्षण र रोजगारीको सम्भावनाका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रमका थप केही तस्बिरहरू:

समान पोस्टहरू