ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई वेवास्ता गरी अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को भावना बिपरित प्रदेश सभामा पेश गरेको नीति कार्यक्रमका बिरुद्ध राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको नेतृत्वमा प्रस्तुत गरिएका अपाङ्गता भएका व्यक्तिहरुका मागहरु पुरा नभएपछि महासंघ बाध्य भएर सडक सघर्ष गरेको ६ दिन बितिसक्दा पनि प्रदेश सरकारले हालसम्म चासो नदेखाएको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु संबोधन नहुनु, उनीहरुको प्रभावकारी, अर्थपूर्ण सहभागीता र समावेशीता नहुनु लोकतन्त्र र मानवअधिकारको उपहास हो । प्रदेश सरकार अपाङ्गता समावेशी, अपाङ्गता उत्तरदायी नीति तथा कार्यक्रम र बजेट निर्माणमा बारम्बार ध्यानाकर्षण गराउदा पनि अनुत्तरदायी बनेको महसशुस भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिहरुप्रति गरेको विभेदका विरुद्ध अपाङ्गता अधिकार प्रवर्द्धन संघर्ष समितिद्वारा गरिएको शान्तिपूर्ण रिले अनसन र रचनात्मक खबरदारीप्रति पूर्ण समर्थन र ऐक्यबद्दता प्रकट गर्दै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र राज्यले अपाङ्गता भएका व्यक्तिहरुका बारेमा गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु पुरा गर्नु राज्यको दायित्व हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशद्धारा प्रस्तुत मागहरूको शिघ्र सम्बोधन होस भनी जोडदार माग गर्दछ ।

मिति २०८०/०३/१८

……………………
राजु बस्नेत
अध्यक्ष

समान पोस्टहरू