संघीय स्तरमा अपाङ्गता सम्बन्धी क्षमता विकासका प्राथमिक क्षेत्र पहिचान गर्न समन्वय बैठक
मिति २०८१ माघ ११ गतेका दिन नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल र UNDP नेपालको सहकार्यमा संघीय स्तरमा अपाङ्गता सम्बन्धी क्षमता विकासका प्राथमिक क्षेत्र पहिचान गर्न समन्वय बैठक संचालन गरिएको थियो ।
उक्त बैठकमा नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट उपसचिव कमला घिमिरे र अपाङ्गता प्रवर्द्धन शाखाबाट रेश्मा लामिछानेको सहभागीता रहेको थियो भने अपाङ्गता राष्ट्रिय निर्देशन समितिकातर्फबाट सुदर्शन सुवेदी, शोभा कार्की, ल्हाक्पा नोरु शेर्पा लगाएतका विज्ञ सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त बैठकमा डा. विरेन्द्र राज पोखरेल र बौद्धिक अपाङ्गताका अभिभावक महासंघका अध्यक्ष राजु बस्नेतले सहजकर्ताको रुपमा सहजीकरण गर्नुभएको थियो । संघीय स्तरमा अपाङ्गता सम्बन्धी नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक विकास क्षेत्र पहिचान गर्न र प्रादेशिक तथा स्थानीय तहसँगको सहकार्यलाई प्रोत्साहन गर्ने गरी उक्त समितिका सदस्यहरूको ज्ञान, सीप, र वकालत क्षमतामा वृद्धि गर्न विशेष तालीम सामग्रीको विकास गर्ने तथा अपाङ्गता अधिकारलाई सरकारी योजनामा प्राथमिकता दिने CRPD/SDGs जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरुलाई सुनिश्चित गर्ने, क्षमता विकास गतिविधि र नीति प्रसारको लागि MoWCSC र अन्य सम्बद्ध मन्त्रालयहरूसँगको समन्वय सुनिश्चित गर्ने, वर्तमान बजेटको समीक्षा गर्दै क्षमता विकास, वकालत, र Disability National Steering Committee /OPDs का लागि पूर्वाधार विकासलाई समर्थन गर्ने, आगामी बजेट कार्यक्रमहरूको मिलान गर्ने विषयहरुमा छलफल भएको थियो ।
उक्त बैठकमा अपाङ्गता राष्ट्रिय संचालन समितिको क्षमता बढाउने र सरकारका सबै स्तरमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकारको संरक्षण र संबर्द्धनका लागि वकालत गर्ने साझा प्रतिबद्धता व्यक्त गर्दै कुल १४ जनाको सहभागितामा सम्पन्न भएको थियो ।