विश्व डाउन सिन्ड्रोम दिवस प्रेस विज्ञप्ती

विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) विश्वव्यापी जनचेतना दिवसको रूपमा मनाइन्छ । संसारमा पहिलो पटक सन् २००६ मार्च २१ मा विश्व डाउन सिन्ड्रोम दिवस मनाइएको थियो र यसलाई संयुक्त राष्ट्र संघको महासभाले २०११ मा मान्यता दिए पश्चात् संसारभर सन् २०१२ देखी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन सुरु गरिएको हो ।  

जन्मजात मानिसमा हुने गुणसुत्र (Chromosome) को संख्यामा आउने गडबढिका कारण डाउन सिन्ड्रोमको अवस्था आउन सक्छ । डाउन सिन्ड्रोम भएका व्यक्तिहरूमा सामान्यतया अनुहारको फरक विशेषताका कारण समाजमा विभेदको सामाना गर्नु परेको छ ।सोही कारण सामाजिक, सांस्कृतिक, राजनैतिक कार्यमा सहभागिता हुन सकिरहेका छैन । जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन सञ्चालन गर्न हरेक मानिसको चाहना हुन्छन् । न्युनत ती चाहनाहरु जब मुख्य सवाल बन्दछन् र ती सवालहरू विकासको मूल प्रवाहिकरणमा समेटिन नसक्दा शिक्षा, रोजगारी, सहभागिता, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारहरूबाट बञ्चित छन् । बौद्धिक अपाङ्गता (डाउन सिन्ड्रोम समेत) का सवालहरूका बारेमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको कार्यान्वयनको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघीय सिआरपिडी समितिले सन् २०१८ मार्च १ मा नेपाल सरकारकालाई गरेको सिफारिशको कार्यान्वयन भए मात्र विश्व डाउन सिन्ड्रोम दिवसको सार्थकता हुनेछ ।

अन्त्यमा, विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल सबै डाउन सिन्ड्रोम अपाङ्गता भएका व्यक्ति लगायत सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ ।   

धन्यवाद ।      

मिति २१ मार्च २०२३ गते

  …………….

राजु बस्नेत

अध्यक्ष

समान पोस्टहरू