प्रमुख अतिथीहरू ड्यासमा बस्दै

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको ११औं वार्षिक साधारण सभा सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको ११औं वार्षिक साधारण सभा ४७ मध्ये ४० सदस्य संस्थाहरुको उत्साहपूर्ण सहभागितामा मिति २०७९ मंसिर २९ गते काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो अमुल्य समय उपलब्ध गराई यस सभाको गरिमा बढाई दिनुहुने राष्ट्रिय सभा दिगो बिकास तथा सुशासन समितिका सभापति माननीय श्री प्रकाश पन्थ ज्यु लाई महासंघ परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ । साथै हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी साधारण सभाको उद्घाटन सत्रमा विभिन्न संस्थाबाट पाल्नु भएका सम्पूर्ण अतिथिहरुमा पनि हार्दिक आभार व्यक्त गर्दछौं । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि महत्वपुर्ण भुमिका खेल्नुहुने महासंघका पदाधिकारी, सदस्य ज्युहरु, ५७ जिल्लाबाट पाल्नु भएका प्रतिनिधी ज्युहरु, पर्यवेक्षक ज्युहरु, स्व वकालतकर्ता ज्युहरु, पत्रकार ज्युहरु, महासंघका कर्मचारी लगायत सम्पूर्णमा विशेष आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।

समान पोस्टहरू