धनकुटामा “हेरचाह सम्बन्धि तालिम” सम्पन्न ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा मिति २०८०/०२/११ देखि २०८०/०२/१२ सम्म धनकुटामा “हेरचाह सम्बन्धि तालिम” सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका महासचिव र राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य राम नारायण श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा खेल, मनोरञ्जन, मस्तिष्क मन्थन, प्रवचन लगायतका विधि प्रयोग गरि कोशी प्रदेशको विभिन्न जिल्लाका १० महिला र १२ पुरूष गरी कुल २२ जनाको सहभागीतामा सफलता पूर्वक सम्पन्न भएको छ ।

तालिमका थप दृश्यहरू

समान पोस्टहरू