मधेश प्रदेशका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा जोड्ने प्रयासमा महासंघ

सिमरा । मधेश प्रदेशको बारा जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई बौद्धिकअपाङ्गताका अभिभावक महासंघ नेपालले प्रशिक्षण सँगै सीप बिकास गराई रोजगारीमा जोड्ने प्रकृया सुरु गरेको छ। लेब इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित ”कोपिला”परियोजना अन्तर्गत रहि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीमा जोड्ने पहल
स्वरुप महासंघले उक्त कार्यको सुरुवात गरेको हो ।

बारा जिल्लाको सिमरा बिमानस्थलमा अवस्थित सिमरा एअरपोर्ट क्याफेटेरिया र एस. आर.डिपार्टमेन्ट स्टोरमा एक एक जना गरि जम्मा २ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि आवश्यक प्रशिक्षण प्रदान गरि रोजगारीको सम्भावना खोज्न सुरुवात गरिएको हो। यसअघि नै महासंघको कोपिला परियोजना अन्तर्गत रहि बागमती प्रदेशमा ४ जना र गण्डकी प्रदेशमा २ जना बौद्धिक अपाङ्गता भएको व्यक्तिलाई रोजगारीमा जोड्नका लागि प्रशिक्षण चलिरहेको महासंघले जनाएको छ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोड्नका लागि रोजगार सम्बन्धी सरलिकृत र चित्रात्मक सूचनाको कमी, बौद्धिक अपाङ्गता मैत्री कामको प्राथमिकीकरणको कमी,  सहयोगी सहितको रोजगारी, क्षमताको बेवास्ता, सक्दैनन जान्दैनन भन्ने नकरात्मक सोच, रोजगार पाउन तोकिएको शैक्षिक प्रमाणपत्र अनिवार्य व्यवस्था लगायतका चुनौती
रहेको बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कार्यक्रम व्यवस्थापक भूषण राउतले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले लोकसेवा आयोगको विज्ञापन खुलाउँदा अपाङ्गता भएका व्यक्तिहरूको ५ प्रतिशत आरक्षण कोटा सुनिश्चित गरेको भए तापनि हाल सम्म कुनै पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सो आरक्षण कोटाबाट लाभान्वित हुन नसकेको बताउनुभयो ।

डिपार्टमेन्ट स्टोरमा सामान मिलाउँदै बौद्धिक अपाङ्गता भएका व्यक्ति

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारीमा जोड्नका लागि प्रशिक्षण दिनुभएको सिमरा एयरपोर्ट क्याफेटेरियाका म्यानेजर श्री मुकुन्द भट्टराईले बौद्धिक अपाङ्गता भएको व्यक्तिले रोजगारमा जोडिने अवसर नै नपाएको हुनाले उनीहरुको सीप र क्षमताको पहिचान हुन नसकेको बताउनुभयो । उहाँले सिमरा एयरपोर्ट क्याफेटेरियामा बौद्धिक अपाङ्गता भएका
व्यक्तिहरुलाई जोड्न पाउनु आफ्नो सामाजिक दायित्व पुरा गर्ने अवसर पनि रहेको बताउनुहुँदै महासंघले सुरुवात गरेको रोजगारीमा जोड्ने कार्यको एउटा अङ्ग हुन पाउँदा अत्यन्त खुशी भएको जानकारी दिनुभयो ।

यस्तै एस आर डिपार्टमेन्ट स्टोरका अपरेसन म्यानेजर श्री रुपेश थापा मगरले बौद्धिक अपाङ्गता भएका व्यक्तिको सीप र क्षमताको पहिचान गरी उनीहरुलाई रोजगारीमा जोड्न आवश्यक रहेको र यस्ता कार्यमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले आ-आफ्नो तहबाट पहल गरे उनीहरुलाई रोजगारीमा जोड्न सम्भव भएको बताउनुभयो ।

समान पोस्टहरू