बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको हेरचाह सम्बन्धी २ दिने तालिमको ब्यानर सहित सहभागीहरू

लमजुङमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई हेरचाह सम्बन्धी दुई दिने तालिम सम्पन्न

चितवन र लमजुङ जिल्लाका २५ जना अभिभावकहरुको सक्रिय सहभागीमा लमजुङको बेशीसहरमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई हेरचाह सम्बन्धी तालिम सम्पन्न भएको छ । लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई कसरी हेरचाह गर्ने भन्ने विषय बारे बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका महासचिव, श्री रामनारायण श्रेष्ठ ज्यूले सहजीकरण गर्नुभएको थियो । तालिमको उद्घाटन शत्रमा रामनारायण श्रेष्ठ ज्यूको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेशका प्रतिनिधि सदस्य श्री भेष बहादुर पौडेल ज्यूबाट तालिमको उद्घाटन भएको थियो । अन्य अथितिहरुमा अपाङ्ग संरक्षण समाजबाट श्री चन्द्रकान्त पौडेल, पृथ्वी राजमार्ग यातायात प्रा.लि. बाट श्री रमेश के.सि ज्यू र अन्तरंग साप्ताहिकका सम्पादक श्री नवराज पहाडी ज्यूको उपस्थिति रहेको थियो । तालिमको दुई दिने बसाईमा अभिभावकहरुको सक्रिय सहभागीले हेरचाह सम्बधि नयाँ ज्ञान सिक्ने मौका पाएको र लागु गर्ने प्रतिबद्धता सहित तालिम सम्पन्न भएको थियो ।

समान पोस्टहरू