पृष्ठभूमिमा कार्यक्रमको ब्यानर सहित तालिमका सहभागीहरू

म्याग्दीमा नेतृत्व विकास तालिम सम्पन्न

सदस्य संस्थाको क्षमता विकास गर्ने क्रमलाई निरन्तरता दिने क्रममा लेव इन्क्लुजन डेनमार्कको आर्थिक सहयोग तथा यस बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा मिति २०७९ माघ २ देखि ४ गते सम्म म्याग्दीमा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । १३ महिला सहित २७ जनाको उपस्थिति रहेको उक्त तालिममा नेतृत्वकर्ताका गुणहरु, नेतृत्व विकास गर्ने सीपहरु, असल नेताको पहिचान, नेता र नेतृत्वको बारेमा जानकारी लगायतका विषयमा विषयविज्ञ तथा यस महासंघका अध्यक्ष श्री राजु बस्नेतले सहजिकरण गर्नुभएको थियो । खेल, मष्तिष्क मन्थन, समुह कार्य, बजार व्यवस्थापन, प्रस्तुतीकरण. छलफल जस्ता विधिबाट विषयवस्तुमाथि प्रकाश पारिएको थियो ।

कार्यक्रमको अन्त्यमा आफूले सिकेका सिपहरु आफ्नो संस्थामा प्रयोग गर्ने प्रतिवद्धता सहभागीहरुले ब्यक्त गरेका थिए ।

समान पोस्टहरू