तालिमको ब्यानर

धनगढीमा “हेरचाह सम्बन्धी” २ दिनको तालिम सम्पन्न ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा मिति २०८०/०२/१६ देखि २०८०/०२/१७ सम्म धनगढीमा “हेरचाह सम्बन्धी तालिम” सम्पन्न गरियो । अपाङ्गता, बौद्धिक अपाङ्गता एवं उनीहरूको हेरचाहको विषयमा छलफल गरिएको उक्त तालिममा खेल, मनोरञ्जन, प्रवचन लगायतका विधि प्रयोग गरि सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाहरू: अछाम, बझाङ्ग, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुरबाट ०९ महिला र ११ पुरूष गरी कुल २० जनाको उत्साहपूर्ण सहभागीतामा सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सहजीकरण बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका केन्द्रीय सदस्य निर्मला विष्ट र शर्मिला परमजुलीले गर्नु भएको थियो ।

तालिमका केही दृश्यहरू :

समान पोस्टहरू