कर्मचारीहरूबीच अनुभव आदनप्रदान सम्बन्धी कार्यक्रम सम्पन्न

३०-३१ बैशाख २०८०

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको कार्यक्रमहरूमा कर्मचारीहरूले सिकेको सिकाई तथा अनुभव आदनप्रदान कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

महासंघद्वारा नेपालको ६ वटा जिल्लामा सञ्चालन गरिरहेको कोपिला परियोजनाको कार्यान्वयनमा कर्मचारीहरुले गरेको सिकाई तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महासंघका कार्यक्रम व्यवस्थापक भुषण राज राउतले जानकारी दिनुभयो ।

कार्यक्रममा परियोजनाले लिएको बौद्धिक अपाङ्गता भएका व्यक्तिको लागि रोजगारीको लक्ष्य हाँसिल गर्न सामना गरिरहेका चुनौतीहरू र लक्ष्य हाँसिल गर्नका लागि आगामी दिनमा अवलम्बन गर्ने रणनीतिको विषयमा समेत छलफल गरि कार्ययोजना निर्माण गरेको परियोजनाको रोजगार अधिकृत प्रगती खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी कर्मचारीहरूलाई लेखा व्यवस्थापन तथा यसका चुनौतीहरुको विषयमा महासंघका लेखा अधिकृत सुनिल वि.क.ले जानकारी गराउनुभयो । उहाँले लेखा व्यवस्थापन र स्रोतको सहि परिचालन गर्न सके मात्र परियोजनाले लिएको अपेक्षित उपलब्धी हाँसिल हुने बताउनुहुँदै कार्यक्रम योजना र कार्यान्वयन गर्दा आर्थिक योजनालाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।

जिल्लागत अनुभव आदनप्रदान तथा सिकाई सम्बन्धमा सप्तरी जिल्लाका फिल्ड अधिकृत ज्ञानेन्द्र कुमार झा, चितवन र लमजुङ जिल्लाका फिल्ड अधिकृत मिलन खराल तथा कास्की र म्याग्दी जिल्लाको फिल्ड अधिकृत अन्जना सुवेदीले आ-आफ्नो प्रस्तुती दिनुभएको थियो ।

प्रस्तुतीको क्रममा उहाँहरुले अभिभावक स्व-सहयोग समूहको परिचालन, बौद्धिक अपाङ्गता भएका व्यक्तिको संस्थागत क्षमता विकास, बौद्धिक अपाङ्गताका अभिभावक संघहरूले स्थानिय सरकार तथा सरोकारवाला निकायसँग गरिरहेको पैरवी तथा वकालतको प्रगती र चुनौतीहरुको विषयमा अनुभव तथा सिकाई आदनप्रदान गर्नुभएको थियो ।

महासंघको कोपिला परियोजना अन्तर्गतका ७ जना कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सम्पन्न भएको हो ।

समान पोस्टहरू