बौद्धिक अपाङ्गता संघलाई सुशासन सम्बन्धी तालिम सम्पन्न

बौद्धिक अपाङ्गता संघको कार्यसमितीलाई सुशासन सम्बन्धी तालिम चितवनको भरतपुरमा मिति २०८० असोज १४ र १५ र सप्तरीको राजबिराजमा मिति २०८० असोज १२ र १३ मा सम्पन्न भएको छ ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ अन्तर्गत कोपिला परियोजनाको आयोजना तथा लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।बौद्धिक अपाङ्गता संघको कार्यसमितिका पदाधिकारी एवं सदस्यले संस्थागत सुशासन कसरी कायम गर्ने र सुशासन कायम गर्नका लागि के कस्ता कार्यहरु गर्न आवश्यक छ भन्ने बिषयमा महासंघका अध्यक्ष राजु बस्नेतले सरल भाषामा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहभागी बौद्धिक अपाङ्गता संघ लमजुङको अध्यक्ष आकृती सापकोटाले तालिम निकै फलदायी रहेको  र संस्थागत सुशासन कायम गर्नका लागि आफूले धेरै कुरा जान्ने मौका पाएको बताउनुभयो ।यस्तै अर्का सहभागी बौद्धिक अपाङ्गता संघ चितवनका सहसचिव विज्ञान लौडारीले तालिमले आफूमा आत्मविश्वास जगाएको बताउनुहुँदै संस्थागत सुशासनले संस्थाको गतिविधीलाई मजबुत बनाउने बताउनुभयो ।

२ ठाउँमा सञ्चालित तालिममा कुल २१ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

समान पोस्टहरू