विश्व सामाजिक मञ्च २०२४ को सम्मेलनमा प्रस्तुतीकरणको लागि स्ववकालतकर्ता निश्चल केसीलाई हार्दिक बधाई तथा शुभकामना । 

विश्व सामाजिक मञ्च २०२४ को सम्मेलन पहिलोपटक नेपालमै विश्का ८८ देशका  हजारौ प्रतिनिधि सहभागि हुने सम्मेलन यहि २०८० फागुन ३ देखि ७ गते सम्म काठमाण्डौमा संचालन भइरहेको छ । विश्व सामाजिक मञ्चको चौथो दिन २०८० फागुण ६ गते (अर्थात १८ फेव्रुअरि २०२४) मा भृकुटिमण्डपको प्रदर्शनी हलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र आड्राड नेपालको आययोजना तथा हेन्डिक्याप ईन्टरनेसनल र अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको सह आयोजनामा अपरान्ह २ वजेबाट १. अपाङ्गता भएका महिलाहरुको सामाजिक सहभागिता, २. युवा तथा पहुचयुक्त सुचना प्रविधिको प्रयोग, ३ द्धन्द्धपिडित अपाङ्गता भएका व्यक्तिहरुको मुल प्रवाहिकरण, ४. युनिभर्सल डिजाइन फर सोसिएल इन्क्लुजन, ५. स्व-वकालतकर्ताहरुको स्वनिर्णय प्रकृयामा सहयोगिको भुमिका, ६. श्रवणदृष्टिबिहिन वालवालिकाको शिक्षा बिषयमा प्रस्तुतीकरण गरिएका थियो ।

सामाजिक अभियानमा अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई उच्च प्राथामिकता दिएर अपाङ्गताका बिषयबस्तुहरुलाई संसारका ८० भन्दा बढि देशका व्यक्तिहरु समक्ष सम्बाद गरिएको यस महत्वपूर्ण कार्यक्रममा PFPID Nepal को तर्फबाट स्व-वकालतकर्ताहरुको स्वनिर्णय प्रकृयामा सहयोगिको भुमिका बिषयमा प्रस्तुतीकरण गर्नु भएकोमा निश्चल के.सी.लाई बधाई तथा धन्यबाद ।समन्वय र सहकार्यका लागि CBM Global का  Senior Advisor Inclusive Development – Capacity Development Kathy Al Ju’beh यस अवसरका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत सम्बद्ध सबैप्रति धन्यबाद ।

समान पोस्टहरू