कोपिला परियोजनाको अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन प्रस्तुती सम्पन्न

२२ फागुन २०८० ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा सञ्चालित कोपिला परियोजनाको अन्तिम अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको प्रस्तुतीकरण काठमाण्डौँमा सम्पन्न भएको छ ।

कोपिला परियोजना सञ्चालित रहेको चितवन, सप्तरी, म्याग्दी, लमजुङ, पोखरा र काठमाण्डौँ गरि ६ जिल्लाको गतिविधीको विषयमा स्वतन्त्र अनुगमन तथा मूल्याङ्कन गरि मूल्याङ्कनकर्ता इरा श्रेष्ठले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत गरिएको प्रतिवेदनमा बौद्धिक अपाङ्गता संघलाई संस्थागत क्षमता विकास तालिम संचालन गरि स्थानिय स्रोतमा पहुँच सुनिश्चितता गर्न सफल भएको, स्ववकालतकर्ताहरुको सामाजिक सहभागीता सँगसँगै बौद्धिक अपाङ्गता भएका व्यक्तिको रोजगारीमा पहुँच सुनिश्चित गरिएको तथा अभिभावक स्व सहयोग समूहद्वारा गरिएको पैरवी मार्फत स्थानिय सरकारमा पहुँच सुनिश्चित गरिएको विषयलाई सकारात्मक विषयको रुपमा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई रोजगारी पूर्व तयारी तालिम, सहयोगी सेवा सहितको रोजगारीमा पहुँच, स्ववकालतकर्ताको  मापदण्ड तयार गर्ने तथा रोजगारदाता एवं रोजगारीमा जान चाहने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको प्रोफाइल सहितको तथ्याङ्क तयार गर्ने बिषयमा थप प्रयास गर्नुपर्ने औँल्याउनुभयो । कार्यक्रममा परियोजना संचालित जिल्लाका फिल्ड अधिकृतहरु, अभिभावक स्वसहयोग समूह, स्ववकालतकर्ता लगायत २५ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमका केही दृश्यहरू:

समान पोस्टहरू