महासंघको वकालत रणनिती निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

२८-२९ बैशाख २०८१

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले बौद्धिक अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि वकालत तथा पैरवी गर्ने उद्देश्यले १० बर्षे वकालत रणनिती निर्माण कार्यशाला  काठमाण्डौँमा सम्पन्न गरेको छ ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेभ इन्क्लुजन डेनमार्कको सहयोग रहेको उक्त कार्यशालालाई वकालत रणनिती तथा संचार सम्बन्धी परामर्शदाता रीता श्रेष्ठले सहजीकरण गर्नुभएको महासंघका कार्यक्रम व्यवस्थापक भूषण राज राउतले जानकरी दिनुभयो ।

कार्यशालामा सहभागीहरुले संस्थाको सबल पक्ष, दुर्वल पक्ष, अवसरहरु र चुनौतीहरुको विषयमा समूह छलफल गर्दै महासंघको १० बर्षे वकालत रणनिती समेत तयार गरेका थिए ।

सहभागिहरुले तयार गरेको वकालत रणनितीमा समावेशी शिक्षा, स्वास्थ्य, रोजगारी, व्यक्तिगत सहयोगी, हेरचाहकर्ता, उपयुक्त अनुकुलन लगायत बौद्धिक अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विभिन्न सवालहरुमा केन्द्रित रहेको र सो को कार्ययोजना समेत तयार गरिएको महासंघका महासचिव रामनारायण श्रेष्ठले बताउनुभयो ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा बौद्धिक अपाङ्गता भएका व्यक्ति, अभिभावक र बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको कार्यसमिती सहित २६ जनाको सहभागीता रहेको थियो ।

कार्यशालाका केही दृश्यहरू:

समान पोस्टहरू