नीति/नियमावली अभिमुखीकरण र क्षमता विकास तालिम सम्पन्न

जुलाई 03, 2025

असार १६-१९ गते काठमाण्डौँ ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना तथा लेभ इन्क्लुजन डेनमार्कको सहयोगमा महासंघका कार्यसमिति पदाधिकारी, सदस्य र कर्मचारीहरूका लागि नीति/नियमावली अभिमुखीकरण र क्षमता विकास तालिम काठमाण्डौँमा सम्पन्न भएको छ ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका नव निर्वाचित कार्यसमितिका सदस्यहरू र कर्मचारीका लागि महासंघका बौद्धिक अपाङ्गताका अभिभावकहरु तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सहभागी कार्यक्रममा कर्मचारी र कार्य समिति सदस्यहरुको संस्थागत नीति, नियमावली, र अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरुको बुझाइलाई थप सुदृढ बनाएको छ।

तालिमको उद्देश्य र विषयवस्तुहरु:यो तालिमको मुख्य उद्देश्य कार्य समिति र कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै संस्थाको नीति र नियमावलीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु थियो। तालिममा निम्नलिखित विषयवस्तुहरु समेटिएका थिए:

  • नियमावलीको आधारभूत सिद्धान्त र संरचना: संस्थाको आधारभूत नीति र संरचनाको बारेमा गहिरो छलफल र प्रस्तुतीकरण।
  • कर्मचारी नियमावली: कर्मचारीहरुको जिम्मेवारी, कर्तव्य, र अधिकारबारे विस्तृत जानकारी।
  • आर्थिक नियमावली: संस्थाको आर्थिक व्यवस्थापन र पारदर्शिताको लागि नीतिगत मार्गदर्शन।
  • खरिद नियमावली र नीति: खरिद प्रक्रियामा पारदर्शिता र प्रतिबद्धताको महत्व।
  • अपाङ्गता सम्बन्धी कानून: राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको परिचय र तिनको कार्यान्वयन।
  • बैठक सञ्चालन र सञ्चार: प्रभावकारी बैठक सञ्चालन, इमेल, सामाजिक सञ्जाल, र सूचना संकलन सम्बन्धी सीप।
  • संस्थाहरुसँगको अन्तरसम्बन्ध: अन्य संघसंस्थाहरुसँगको सहकार्य र प्रतिनिधित्वको भूमिका।

यो तालिमले सहभागीहरुलाई संस्थाको नीति र नियमावलीको गहिरो प्रदान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र हितका लागि काम गर्ने उनीहरुको आत्मविश्वास र क्षमता वृद्धि गरेको छ। प्रस्तुतीकरण, छलफल, खेल, र समूह कार्यका माध्यमबाट सहभागीहरुले सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने अवसर प्राप्त गरे।

उक्त कार्यक्रममा १० जना पुरुष र ११ जना महिला गरी २१ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमका थप दृश्यहरू:

समान पोस्टहरू