बौद्धिक अपाङ्गताका अभिभावक महासंघका कर्मचारीहरू बीच सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न ।

११-१२ भाद्र ।

भक्तपुर ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजनामा कर्मचारीहरुविच सिकाई आदान प्रदान कार्यक्रम नगरकोटमा सम्पन्न भएको छ ।

विशेष गरि महासंघले नेपालका ६ जिल्ला र ३ प्रदेशमा सञ्चालनमा गरिरहेको कोपिला परियोजनाको कार्यान्वयनको क्रममा भएका गतिविधीहरु र सिकाईलाई सहभागीहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिलो दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको परिचय संरचना तथा कर्मचारीहरुको क्षमता विकासको विषयमा विस्तृत अभिमुखिकरण महासंघका अध्यक्ष श्री राजु बस्नेतले दिनुभएको थियो । यस्तै कार्यक्रमको पहिलो दिनमा नै कोपिला परियोजनाको कार्यक्रम तर्फको सिकाई अवसर र चुनौतीको बिषयमा महासंघका कार्यक्रम व्यवस्थापक भूषण राउतले प्रस्तुती दिनुभएको थियो ।

त्यसैगरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा जोड्नका लागि गरिएको प्रयास सो बाट भएको सिकाई र अवसर तथा चुनौतीको विषयमा महासंघको रोजगार अधिकृत प्रगति खड्काले प्रस्तुती दिनुभएको थियो ।

कार्यक्रमको दोश्रो दिनको पहिलो सत्रमा रोजगारीको सवाललाई सम्बोधन गर्नका लागि सिकाईमा आधारित रोजगारीका मोड्युलहरुको बिषयमा महासंघको रोजगार अधिकृत प्रगति खड्काले प्रस्तुती दिनुभएको थियो ।

यसैविच चितवन लमजुङ सप्तरी कास्की म्याग्दी र काठमाण्डौँमा परियोजनाको गतिविधी कार्यान्वयनका लागि भएका प्रयासहरु तथा सिकाई र अवसरहरु समेटेर फिल्ड अधिकृतहरुले प्रस्तुती दिनुभएको थियो भने परियोजनाको समग्र वित्तिय प्रगति तथा आगामी योजनाको बिषयमा महासंघका लेखा अधिकृत सुनिल वि.क. ले प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रमकै विचमा महासंघमा कास्की र म्याग्दीको फिल्ड अधिकृत सुस्मी कतिला र कार्यक्रम तथा लेखा सहायक रुषा कार्कीलाई स्वागत गरिएको थियो ।

दुई दिनसम्म नगरकोटमा भएको उक्त कार्यक्रमलाई महासंघका कार्यक्रम व्यवस्थापक भूषण राउतले निष्कर्ष सहित सुझाव दिनुहँदै समापन गर्नुभएको थियो ।

समान पोस्टहरू