कार्यक्रममा सहभागीहरु वरिपरि टेबलमा बसेर छलफल गर्दै

संस्थागत क्षमता विकासका लागि योजना निर्माण कार्यशाला सम्पन्न

सि.बि.एम. ग्लोबलको सहयोगमा सञ्चालन भइरहेको “सबल संस्था” परियोजना अन्तर्गत बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको संस्थागत क्षमता विकासका लागि योजना निर्माण कार्यशाला मिति २०७९ कात्तिक २३ गते संस्थाको आफ्नै सभाहलमा २० जनाको सहभागितामा सम्पन्न भयो । उक्त कार्यशाला संस्थागत सुशासन, नेतृत्व विकास, वित्तीय व्यवस्थापन, आपतकालिन वित्तीय रणनीति तयारी, कार्यक्रम व्यवस्थापन, आपतकालिन कार्यक्रम निर्माण, संस्थाको पैरवी योजना, नीति तथा रणनीति निर्माण आदि विषयमा छलफल गरी आगामी दिनमा संस्थागत विकासका लागि गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन योजना निर्माणमा केन्द्रित रहेको थियो । सो कार्यशालामा संस्थाको हालको क्षमता विश्लेषण गरिएको प्रतिवेदन प्रस्तुत गरिएको र उक्त प्रतिवेदनमा पृष्ठपोषण गर्ने कार्य समेत सम्पन्न भएको थियो ।

महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूका साथमा संस्थामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यशालाको सहजीकरण परियोजना अधिकृत र अध्यक्षद्वारा गरिएको थियो ।

कार्यक्रमका थप तस्बीरहरूः

समान पोस्टहरू