प्रेस बिज्ञप्ती

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ र नियमावली २०७७ कार्यान्वयन गर्नु सरकारको न्यूनतम दायित्व हो ।अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६ पक्ष राष्ट भएसँगै महासन्धीमा भएका व्यवस्थाहरुको उपभोग गर्न पाउनु नागरिकको अधिकार हो । तनहु म्याग्दे गाउँपालिका निवासी दिपक भण्डारीले व्यक्तिगत सहयोगी सेवा लगायत कानून प्रदत्त अधिकार प्राप्तिका लागि चार पटक सम्म बिभिन्न चरणका आन्दोनलन गरी मिति २०८०/१२/०६ गतेबाट शान्तिबाटिका रत्नपार्क काठमाण्डौमा शुरु गर्नुभएको शान्तपुर्ण धर्नाप्रति ऐक्यवद्धता प्रकट गर्दै उक्त आन्दोनमा सहयोग गर्न सबैप्रति अपिल गर्दछ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को कार्यान्वयन गर्न मौजुदा सुविधा समेत कटौती हुने गरी बनेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ तुरुन्त संशोधन गर्दै, व्यक्तिगत सहयोगी सेवा, सामुदायिक सेवा लगायत कानून प्रदत्त अन्य सेवाहरु कार्यविधि बनाइ अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यानकर्षण गराउन चाहन्छु ।

यस अभियानमा अपाङ्गताको क्षेत्रमा काम गर्ने सम्पूर्ण संस्था, जनप्रतिनिधिहरू, अधिकारकर्मीहरु अपाङ्गता भएका व्यक्तिहरू, नागरिक समाज, पत्रकार, बुद्धिजिवी लगायत सम्पूर्ण महानुभावहरू लगायत सबैमा हार्दिक अपलि गर्दछ ।

मिति २०८०/१२/१२

राजु बस्नेत

अध्यक्ष

समान पोस्टहरू