प्रेस विज्ञप्ति

मिति: २०८१/०२/०३

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भइसकेको सन्दर्भमा महासन्धिमा भएका प्रावधान र सो अनुकुल बनेका ऐन र नियमावलीको कार्यान्वयन गर्नु राज्यको सामान्य दायित्व हो ।अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ मा उल्लेख भएको सामुदायिक सहायता सेवा प्रदान गर्नु राज्यको दायित्व हो भने सो सेवा पाउनु अपाङ्गता भएका व्यक्तिहरुको अधिकार हो। तर सोको कार्यान्वयका लागि तनहुँ जिल्ला म्याग्दे गाउँपालिकाका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति दिपक भण्डारी अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्था र व्यक्तिहरु समेत अनसन र दबाबमुलक र्‍याली गर्दै आएकोमा शुरुदेखी नै यस महासंघको ऐक्यवद्धता रहदै आएको थियो ।

मिति २०८० चैत्र १४ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग आन्दोलनरत पक्षसँग तीन बुँदे सम्झौता भएको थियो । तर सरकारले तोकिएको मितिमा उक्त सम्झौता कार्यान्वयन नगरेपछि मिति २०८१ वैशाख १८ गते देखि पुनः शान्ति बाटिका रत्नपार्क काठमाडौमा श्री दिपक भण्डारी लगायत अपाङ्गता अभियानकर्मीहरुले अनिश्चितकालिन अनसन शुरु गरेको १६औँ दिन पुग्दा समेत सरकार आफ्नो प्रतिवद्धता पुरा गर्न र कानुनको कार्यान्वयन गर्न ढिला सुस्ती गरिहेको छ ।

आन्दोलनरत पक्षसँग सरकारले सम्झौता गरेका शर्तहरु पुरा गराउन अपाङ्गताको क्षेत्रका अभियानकर्मीले मिति २०८१ जेष्ठ २ गते गरेको शान्तिपूर्ण र्‍यालीमा सुरक्षाकर्मीको तर्फबाट भएको धरपकटले अपाङ्गता भएका व्यक्तिहरुको सवालप्रति सरकारका जिम्मेवार निकायहरुको संवेदनशिलतामाथि शंका उत्पन्न भएको छ । कानून प्रदत्त अधिकार र सरकारले गरेका प्रतिवद्धताहरु निषर्त रुपमा पुरा गर्न, दिपक भण्डारीको जीवन रक्षाका लागि आन्दोलन प्रति पुन: ऐक्यवद्धता जारी गर्दै सरकारले गरेको सम्झौता बमोजिमको व्यक्तिगत सहयोगी सेवा अविलम्ब शुरु गर्न जोडदार माग गर्दछौँ ।

राजु बस्नेत

अध्यक्ष

समान पोस्टहरू