१७ औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती ।

२०८० चैत्र २०

औं विश्व अटिजम जागरण दिवस सम्बन्धी प्रेस बिज्ञप्ती ।

आज “Moving from Surviving to Thriving: Autistic Individuals share regional perspectives” भन्ने मुल नाराका साथ २ अप्रिल २०२४ लाई १७ औं विश्व अटिजम जागरण दिवसको रुपमा मनाईंदैछ। अटिजम भएका व्यक्तिमा सामाजिक ब्यवहार, संचारमा एउटै प्रकृया दोहोरिने गर्दछ । WHO का अनुसार जन्मिएका शिशुहरु मध्ये १ प्रतिशत लाइ अटिजम (Autism Spectrum disorder) को लक्षण देखिन्छ। बालिक भन्दा बालकहरुलाई अटिजमको सम्भावना बढी हुने गर्दछ । पहिचान, पुनर्स्थापन तथा परामर्श, नियमित थेरापि र हेरचाहको अभावमा अटिजम भएका व्यक्तिहरु स्वास्थ्य, शिक्षा र समुदायमा पूर्ण र सार्थक सहभागीतामा बाधा पुग्दछ अन्ततः उनीहरुलाई बोझको रुपमा हेरिन्छ ।

सचेतनाको अभाव, पहिचान, परामर्श नियमित थेरापि र पारिवारीक हेरचाह पाए युवा तथा बैयस्क अवस्थाका अटिजम भएका ब्यक्तिहरुले समुदायमा स्थापित गर्न सक्ने सिप र क्षमता विकास गर्न सक्दछन।अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ ले अटिजमलाई अपाङ्गताको बर्गीकरणमा समाबेश गर्नुका साथै मर्यादा र स्वतन्त्रता पुर्वक बाँच्न पाउने अधिकार लाई सुनिश्चित गरेकोछ ।

स्वइच्छापुर्वक बस्न पाउने अधिकारका लागि ब्यक्तिगत सहयोगी सेवाको शुरुवात गर्न अटिजम लगायत संघन प्रकृतिको हेरचाह आवश्यक पर्ने अपाङ्गता भएका ब्यक्तिहरु सहितको समवेशी समाज निर्माण गर्न प्रतिबद्ध हुन सम्बद्ध पक्षसँग आग्रह गर्दै, अटिजम जागरण दिवसको शुभकामना व्यक्त गर्दछौ ।

राजु बस्नेत
अध्यक्ष

समान पोस्टहरू