काठमाण्डौंमा अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

२०८० साल भाद्र २९ र ३० गतेका दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम काठमाण्डौंमा सम्पन्न भएको छ । लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा काठमाण्डौंका १२ जनाको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन भएको थियो भने कार्यक्रमलाई मुकुन्दहरि दाहाल ज्यूले सहजीकरण गर्नु भएको थियो भने पहिलो दिनको पहिलो सेसन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका कोषाध्यक्ष गोकर्ण प्रसाद आचार्यद्वारा सहजीकरण गरिएको थियो। उक्त कार्यक्रममा अभिभावक स्व-सहायता समूहको गठनको औचित्य, बैठक सञ्चालन प्रक्रिया, समूहको काम कर्तव्यको बारेमा जानकारी दिइएको थियो ।

समान पोस्टहरू