अभिभावक स्व-सहायता समूहका लागि क्षमता विकास तालिम काठमाण्डौँमा सम्पन्न ।

२०८१ साल असार १० र ११ गतेका दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने अभिभावक स्व-सहायता समूहको लागि क्षमता विकास तालिम काठमाण्डौँमा सम्पन्न भएको छ । लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा सञ्चालित कोपिला परियोजना अन्तर्गत आयोजित उक्त तालिममा सप्तरी जिल्लाका अभिभावक स्व-सहायता समूहका तर्फबाट ५ जना, चितवन जिल्लाबाट ४ जना, कास्की जिल्लाबाट ३ जना, लमजुङ्ग जिल्लाबाट २ जना र काठमाण्डौँ जिल्लाबाट ५ जना गरि कुल १९ जनाको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन भएको थियो भने कार्यक्रमलाई सहजकर्ता वासु गौतम र महासंघका अध्यक्ष राजु बस्नेतले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा अभिभावक स्व-सहायता समूहको गठनको औचित्य, बैठक सञ्चालन प्रक्रिया, समूहको काम कर्तव्यको बारेमा जानकारी दिइएको थियो ।

समान पोस्टहरू