चितवनमा अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम सम्पन्न

२०७९ साल चैत ३ र ४ गतेका दिन बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालद्वारा आयोजित दुई दिने अभिभावक स्व-सहायता समूहको उद्देश्य र प्रक्रिया सम्बन्धी तालिम चितवन जिल्लामा सम्पन्न भएको छ । लेब इनक्लुजन डेनमार्कको आर्थिक सहयोगमा चितवन र लमजुङ जिल्लाका गरी २४ जनाको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन भएको थियो भने कार्यक्रमलाई बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालका महासचिव, श्री रामनारायण श्रेष्ठ ज्यूले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्व-सहायता समूहको गठनको औचित्य, बैठक सञ्चालन प्रक्रिया, समूहको काम कर्तव्यको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रमका केही दृश्यहरू :

समान पोस्टहरू