
महासङ्घको स्थापना हुनु भन्दा ७ वर्ष अगाडिदेखि निरन्तर रुपमा साझेदार रहेको अन्तर्राष्ट्रिय दातृ संस्था एनएफयू नर्वेको सहयोगमा बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरूको अधिकारमा आधारित भएर संस्थागत विकास र विषयगत विकासको क्षेत्रमा सन् २०१५ मा काम गर्न साझेदारी सम्झौता भएअनुरूपको परियोजना माथि उल्लेखित पूर्वाञ्चल तथा मध्य र सुदूरपश्चिमाञ्चलको १३ वटा जिल्लाहरूमा सञ्चालन भईरहेका छन् । साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, भक्तपुर, ललितपुर तथा काठमाडौं जिल्लाहरूमा भूकम्पप्रभावित बौद्धिक अपाङ्गताका परिवारहरूका लागि महासङ्घको योजना २०१५ नामक कार्यक्रम पनि एनएफयू नर्वेको सहयोगमा सञ्चालित छ ।



सन् २०१४ को सुरुवातमा साझेदारी शुरु भएको माईराईट परियोजनाले विशेषत बौद्धिक अपाङ्गता भएका ब्यक्तिहरूको अनुकुल शिक्षामा जोड दिएको छ । नमुना कार्यक्रमको रुपमा नुवाकोट केन्द्रित रहेको उक्त कार्यक्रम निरन्तर रुपमा चलिरहेको छ भने सन् २०१७ सम्म का लागि सञ्चालित छ । भने विशेषत शिक्षासँग सम्बन्धित नीति निर्माण तहमा पैरवी बैठक, कार्यशाला लगायतका कार्यक्रमहरू केन्द्रबाट सञ्चालन हुने गरेका छन् ।



महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँग दोहोरो संवाद, स्वकालत कर्ताहरुको क्षमता विकास तथा महिला तथा बालबालिकाविरुद्ध हुने सबै किसिमका हिंसाको विषयमा सचेतना अभिवृद्धि गर्नका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट कार्यक्रम स्वीकृत भइसकेको छ ।
सबल संस्था
संस्थाको समग्र विकासकालागी संस्थागत क्षमता विकास महत्वपुर्ण हुन्छ भन्ने तथ्यलाई मध्यनजर गरी संस्थागत क्षमता विकासमा सहयोग गर्ने उद्देश्यका साथ CBM Global को आर्थिक सहयोगमा “सबल संस्था” नामक परियोजना September, 2022 देखी कार्यान्वयनमा छ । यस परियोजनाले संस्थामा कार्यरत कर्मचारी तथा कार्यसमितीका सदस्यहरु तथा बिभिन्न जिल्लामा रहेका सदस्य संस्थाको क्षमता बिकासमा सहयोग गर्ने उदेश्यका साथ बिभिन्न कार्यहरु सञ्चालन गरिरहेको छ । संस्था स्वयंको क्षमता विकासका लागी संस्थाका कर्मचारी तथा कार्यसमितीको क्षमता विकासकालागी समावेशी परियोजना चक्र तथा आर्थिक ब्यबस्थापन तालिम सञ्चालन र प्रशासन तथा बित्त हेर्ने कर्मचारीहरुलाई मेन्टरिङ सहयोग आदि गर्दै आएको छ । संस्थाको वेभसाईड तथा सामाजिक सञ्जाल निर्माण तथा अद्याबधिक गर्नका लागी तालिम तथा अन्य क्षमता विकासका कामहरु पनि गरिएका छन । संस्थाको निती, नियमावली तथा योजनाहरु निर्माण तथा अध्याबधिक गर्नकालागी समेत यस परियोजनाले प्रत्यक्ष सहयोग गरेको छ । महासंघको सञ्जाललाई थप जिल्लाहरुमा बिस्तार गर्न तथा स्थापना भएरपनि लामो समयसम्म नविकरण नभएका सदस्य संस्थाहरु लाई नविकरण गरी अध्यावधिक गराउन समेत यस परियोजनाले विभिन्न कार्यहरु गरिरहेको छ । बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको सञ्जाल निर्माण गरी ती समुहहरुलाई दर्ता गरी महासंघमा आवद्ध गर्ने र त्यस्ता नयाँ स्व वकालतकर्ताहरुको संस्थामा सुशासन कायम गराउने तथा आत्मनिर्भरताका लागी कार्य गर्ने, आदि कार्यहरु पनि यसै परियोजनाका कार्यक्षेत्र अन्तर्गत पर्दछन । यसै परियोजना अन्तर्गत जिल्लामा सदस्य संस्थाहरुको स्थापनाकालागी तदर्थ समिती गठन, संस्थाको विधान निर्माणमा सहयोग, जिल्ला प्रशासन कार्यालयमा दर्ता, आदि कामहरुमा प्राबिधिक सहयोग गरिएको छ ।