अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

प्रकाशन वर्ष : 2073
भाषा : नेपाली
स्रोत प्रकारः
डाउनलोड लिङ्क

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले आफ्नो कर्तव्यपालनाका क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवारी, संवेदनशीलता र उत्तरदायित्व वहन गर्न वान्छनीय भएकोले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसमेतको सल्लाह र सम्मतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गरिएको उक्त निर्देशिकामा अपाङ्गता सम्बन्धी समाचार सम्प्रेषण गर्दा कस्ता काम गर्न हुने र कस्ता काम गर्न नहुने सम्बन्धी जानकारी रहेको छ ।