१४औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!!

उपरोक्त सम्बन्धमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपालको मिति २०८२/०९/०४ गतेको बैठको निर्णय अनुसार महासंघको १४औं वार्षिक साधारणसभा तपसिलको मिति, स्थान र समयमा आयोजना गरिने भएको हुँदा महासंघको विधान बमोजिम गत आर्थिक वर्ष २०८२ असार मसान्तसम्म यस महासंघमा सदस्यता नवीकरण भएका सदस्य संस्थाबाट महासंघको विधान अनुसार प्रतिनिधि चयन गरी मिति २०८२/०९/२२ गतेभित्र महासंघको इमेल ठेगानामा पठाइदिनु हुन अनुरोध छ ।

सञ्जालिकृत संस्थाहरुको हकमा एक जना मात्र पर्यवेक्षकलाई सहभागी गराइनेछ । महासंघ बौद्धिक अपाङ्गता भएका स्वयं ब्यक्ति तथा उनीहरुका वास्तविक अभिभावक मात्र प्रतिनिधित्व गर्ने संस्था भएको हुँदा महासंघले बिगतदेखी अभ्यास गरिरहेको देहायका मापदण्ड अनुसार प्रतिनिधि चयन गरी निर्धारित मितिभित्र पठाउनु हुन अनुरोध छ ।

तपसिल

मितिः २०८२/०९/२७

स्थानः काठमाण्डौँ

समयः बिहान ९ बजे

प्रतिनिधि चयन गर्दा पालना गर्नुपर्ने कुराहरुः

  1. प्रतिनिधी बौद्धिक अपाङ्गताका भएका स्वयं ब्यक्ति वा निजका अभिभावक हुनु पर्नेछ। (अभिकावकको हकमा चयन भएको प्रतिनिधिको निजसँग बौद्धिक अपाङ्गता भएका व्यक्तिको नाता खुल्ने नेपाल सरकारले प्रमाणित गरेको कागजात वा अपाङ्गता परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने)
  2.  प्रतिनिधिको नाम सम्बन्धित सदस्य संस्था कार्यसमितिबाट निर्णय गरी निर्णयको प्रतिलिपि सहित पठाउनु पर्नेछ। दुईजना प्रतिनिधि पठाउने संस्थाले अनिवार्य १ जना महिला प्रतिनिधि पठाउनु पर्नेछ।
  3. स्वय बौद्धिक अपाङ्गता भएका व्यक्ति स्व-वकालतकर्ताहरु भएका संस्था बाहेक एकै जिल्लामा दुई वा दुई भन्दा बढी सदस्य संस्था भएका प्रत्येक संस्थाबाट १/१ जना प्रतिनिधि पठाउनु पर्नेछ।
  4. पेश गरिएको अपाङ्गता परिचय पत्रमा बौद्धिक अपाङ्गता वा सुस्त मनःस्थिति लेखिएको हुनु पर्नेछ।
  5. चितवनमा सम्पन्न १२औं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको निर्णय अनुसार एक जना बौद्धिक अपाङ्गता भएका व्यक्तिको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने एक जना मात्र अभिभावक कायम गरिने भएको हुँदा सधै प्रतिनिधित्व गर्ने अभिभावक मात्र प्रतिनिधि स्वीकार गरिने । अन्यथा प्रतिनिधि स्वीकार गरिने छैन ।
  6. साधारणसभामा उपस्थित हुने प्रतिनिधि तथा पर्येवेक्षक लाई जिल्ला बाट आउदा लाग्ने लामो दुरी दुई तर्फी यातायात (बस भाडा)  तथा काठमाडौँमा कार्यक्रम हुने समयमा बास र खानाको व्यवस्था आयोजक संस्थाले गरिने छ ।स्थानीय यातायात तथा आते जाते खाना खर्च स्वयम् सदस्य संस्थाले व्यवस्था गर्नु पर्ने छ ।

साधारण सभाका प्रस्तावहरुः

१. वार्षिक प्रगती प्रतिवेदन तथा भावी कार्यक्रम सम्बन्धमा

२. आर्थिक प्रतिवेदन तथा भावी कार्यक्रम सम्बन्धमा

३. लेखा परिक्षक नियुक्ति सम्बन्धमा

६. विविध

………………..

 टीकाराम सापकोटा

महासचिव

समान पोस्टहरू