फोटोमा शिक्षकले बालबालिका लाई शैक्षिक समाग्री देखाउदै हुनुहुन्छ

बौद्धिक अपाङ्गताका अभिभावक महासंघलाई सहयोग गर्ने सोच राख्नुभएकोमा हामी आभारी छौँ । यो संस्था बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र तिनीहरूका परिवारको अधिकार र आवश्यकताहरूको लागि वकालत गर्न समर्पित गैर-नाफामुकल संस्था हो।

हाम्रो अभियान अभिभावकलाई सशक्तिकरण र सहयोग गर्न, स्ववकालतकर्ताहरूको क्षमता अभिवृद्धि गर्न तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरिरहेका चुनौतिहरू बारेमा सचेतना बढाउन र समाधान खोज्नमा केन्द्रित छ।

तपाईँहरू जस्ता शुभचिन्तकको सहयोग हाम्रो संस्थाको कोषको एक मुख्य अंश रहेको छ । हामी हाम्रो अभियानलाई जारी राख्न सहयोगीहरूको उदारतामा भर पर्दछौं। तपाईंको योगदानले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र तिनीहरूका परिवारको जीवनमा ठोस परिवर्तन ल्याउन महत्वपुर्ण भुमिका खेल्दछ । तसर्थ तपाईको सानो सहयोगले पनि हाम्रो संस्थालाई आफ्नो काम निरन्तर जारी राख्न मद्दत गर्छ। हामी तपाईंको समर्थनको लागि कृतज्ञ छौँ ।

हामीलाई सहयोग गर्न निम्न तरिकाहरू रहेका छन् :

१. बैंक खाता मार्फतः

तपाईँले सिधै हाम्रो निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ साथै रकम जम्मा गरेपछि सोको जानकारी हामीलाई सम्पर्क गरेर गराईदिनुभयो भने हामीलाई अझ सहज हुने छ ।

बैङ्क : सिद्धार्थ बैङ्क लि.
खाताको नाम: PFPID-Nepal-B
खाता नम्बर: 01017867083

२. फोन पे (QR) मार्फत

यहाँहरूले हाम्रो संस्थाको फोन पे को QR कोड स्क्यान गरेर पनि हामीलाई सहयोग गर्न सक्नुहुन्छ । फोनपे QR निम्न अनुसार रहेको छ ।